नरैनापुरका सबै संक्रमित निको

नेपालगञ्ज – बाँकेको नरैनापुर कोरोनामुक्त भएको छ ।
कोरोनाको हटस्पट बनेको नरैनापुरका सबै संक्रमित निको भएर घर गएका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले एक सय १८ जना घर फर्किएको बताउनुभयो । नरैनापुरमा एकजनाको मृत्यु भएको थियो ।
कोरोनाको हटस्पट बन्दा नरैनापुरमा निषेधाज्ञा लगाइएको छ भने नेपाली सेना परिचालन गरिएको छ । त्यसपछि त्यहाँको अवस्था फेरिएको हो । पछिल्लो समयमा नरैनापुरमा संक्रमित देखिएका छैनन् तर संक्रमित नदेखिनुमा जाँच कति भयो भन्ने कुराले पनि अर्थ राख्छ ।
कोरोनाको कहरले थलिएको नरैनापुर बिस्तारै माथि उठ्दै छ । नरैनापुरवासीलाई त खुशी कुरो के भयो भने यहीबीचमा त्यहाँ विद्युतको दु्रतगतिमा अघि बढेको छ ।


error: यो सुविधा उपलब्ध छैन !