बाँकेमा संक्रमित थपिएका छैनन्

नेपालगञ्ज – बाँकेमा आज कोरोना संक्रमित थपिएका छैनन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हिजोको तथ्यांक सार्वजनिक गरिदिएका छन् । आज भनिएको नौ जनाका बारेमा भेरी अस्पताल, नेपालगञ्जले हिजो नै जानकारी दिइसकेको थियो ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले आज बाँकेमा कोरोना नदेखिएको बताउनुभयो । ‘आज रिपोर्ट बाहिर आएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमले हिजोको तथ्यांक सार्वजनिक गरिदिनु भयो, फोकलपर्सन श्रेष्ठले भन्नुभयो, थपिएको भनिएको नौ जना भेरीले हिजो नै सार्वजनिक गरिसकेको थियो ।’


error: यो सुविधा उपलब्ध छैन !