डुडुवामा थपियो दुई वटा आइसोलेसन सेन्टर

नेपालगञ्ज – बाँकेको डुडुवा गाउँपालिकाले थप दुई वटा कोरोना आइसोलेसन सेन्टर थपेको छ । गाउँपालिकाले वडा नंं. ३ स्थित बनकट्टी मावि र वडा नंं. २ स्थित आधारभुत विद्यालय सन्तलियामा थप आइसोलेसन स्थापना गरेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताउनुभयो ।
हरेक स्थानीय तहले आफै आइसोलेसन बनाउने निर्देशन भए बमोजिम पालिकामा उपलब्ध साधन स्रोतका आधारमा आइसोलेसन बनाएको शाखा प्रमुख बुढाले बताउनुभयो । मापदण्ड अनुसारको आइसोलेसन बनाउन चिकित्सक, विभिन्न मेडिकल उपचार सामाग्री तथा आवश्यक प्रविधिजस्ता अत्यावश्यक सुबिधा नहुँदा कठिनाइ भएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । अध्यक्ष चौधरीले आइसोलेसन निर्माण जस्ता विभिन्न समस्याका बारेमा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङसँग छलफल गर्दा प्रजिअ कुरुम्वाङले जिल्लाका हरेक गाउँपालिकाले आइसोलेसन बनाउन र प्रत्येक पालिकालाई एक जना मेडिकल अधिकृत पठाउने विषयमा तत्काल पहल गर्ने कुरा भएको जानकारी गराउनुभयो ।
३ वटा आइसोलेसन अन्तर्गत बनकट्टी माविमा २० जना कोरोना आरडीटी पोजेटिभ, शाहपुर्वाको विद्यालयमा ८ जना कोरोना संक्रमण (पीसीआर) पोजेटिभ र सन्तलियामा १० जना कोरोना संक्रमण (पीसीआर) पोजेटिभलाई राखिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !