बैजनाथमा पनि कोरोना

नेपालगञ्ज – बाँकेको बैजनाथ गाउँपालिकामा पनि कोरोना देखिएको छ ।
बाँकेमा आठ जना संक्रमित थपिदा बैजनाथका एकजना परेका हुन् । बैजनाथ गाउँपालिका वडा नं. ३ का ३० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । बाँकेका आठ वटा पालिकामध्येमा जानकी र कोहलपुर नगरपालिकामा कोरोना देखिएको छैन । जानकीमा अहिलेसम्म कोरोनाको जाँच नै भएको छैन ।
मंगलबार थपिएकोमा नेपालगञ्ज वडा नं. २ का एकजना छन् । राप्तीसोनारी गाउँपालिकाका वडा नं. ३ का एक जना ४६ वर्षीय र वडा नं. ९ का ३८ वर्षीय छन् । डुडुवामा चार जना थपिएका छन् ।
बाँकेमा कोरोना संक्रमितको संख्या एक सय ५४ जना पुगेको छ । त्यसमा २२ जना निको भएर घर गएका छन् । नेपालमा संक्रमितको संख्या ७ सय ७२ जना पुगेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !