डुडुवामा पनि देखियो कोरोना

नेपालगञ्ज – राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङले आइतबार सार्वजनिक गरेको कोरोनाका बिरामी बाँकेको राप्तीसोनारी–७ र डुडुवा गाउँपालिका–२ को दुई÷दुई जना भएको प्रष्ट पारिएको छ ।
प्रतिष्ठानले अर्को विज्ञप्ती जारी गर्दै यसअघि सार्वजनिक गरिएको विवरणमा ठेगाना अन्यथा भएको स्वीकार गरेको छ ।
नयाँ विज्ञप्ती अनुसार, बाँकेमा देखिएका चार जना कोरोना संक्रमित राप्तीसोनारी–७, सर्रीको नेपाल राष्ट्रिय माविमा रहेका १६ र २३ वर्ष तथा डुडुवा गाउँपालिकाको वडा नं. २ को अमृतपूर्वा बाँकेका २३ र २४ वर्षका पुरुष रहेका छन् ।
प्रतिष्ठानले पहिला जारी गरेको विज्ञप्तीमा राप्तीसोनारी वडा नं. ५ को नारायणपुर भवनपुर माविका चार जना भनिएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !