टोली व्यवस्थापक
क्रमशः
एसियाली क्रिकेट परिषद् (एसीसी) क्रिकेटमा समानताको मुद्दालाई दरिलोसँग अगाडि बढाउने क्रममा थियो । त्यसैले पहिलोपटक एसीसीले एसियाली राष्ट्रहरूबीच महिला क्रिकेट स्पर्धाको तयारी गरेको थियो । अन्ततः सन् २००७ जुलाई ११ देखि १८ सम्म मलेसियाको जोहरबारुमा प्रथम एसीसी महिला क्रिकेट च्याम्पियनसिप हुने भयो । त्यो प्रतियोगितामा नेपालले आवश्यक डकुमेन्टसहित सहभागिताका लागि अनुरोध गरिसकेको थियो । एसीसीमा नेपालको राम्रै छवि थियो । एसीसीले नेपाललाई सहभागी गराउने भयो । हामी यता टिम तयारीमा जुटिसकेका थियौँ । क्यानले मलाई नै टिम व्यवस्थापकको जिम्मेवारी सुम्पियो । यो जिम्मेवारी इतिहासको कालखण्डमा निकै गर्विलो हुने मलाई लागिसकेको थियो । आफैँले आफैँलाई निकै भाग्यमानी महसुस गरेँ ।
एसीसीले पहिलोपटक पुरुष क्रिकेट गर्दा र महिला क्रिकेट गर्दा दुवैको साक्षी हुन पाएँ । सन् १९९६ मा जब एसीसीले प्रथम एसीसी पुरुष क्रिकेट च्याम्पियनसिप आरम्भ ग¥यो, त्यतिबेला खेलाडीको भूमिकामा एसीसीलाई नियाल्ने मौका पाएँ । म त्यतिबेला नेपाली पुरुष टिमको उपकप्तानको जिम्मेवारी लिएर मैदानमा उत्रिएको थिएँ । एक दशकपछि टिम व्यवस्थापकको जिम्मेवारीमा महिला क्रिकेट टिम लिएर उत्रिन पाएँ । सायद यस्तो अवसर कमैले पाउँछन् ।
मलेसिया जानुअघि नेपाली टिमले एक साता प्रशिक्षण लिएको थियो । जङ्गबहादुर थापा र श्यामजङ्ग थापाले प्रशिक्षण दिएका थिए । उनीहरूको अभ्यास र प्रशिक्षण पनि नियमित नियालिरहेको थिएँ । दिन प्रतिदिन उनीहरूको प्रदर्शनमा निखार आइरहेको थियो । हाम्रो भरोसाको केन्द्र नेरी थिइन्, उनले राम्रो गरिरहेकी थिइन् । खेलमा सबैको नजर राम्रो प्रतिभामाथि नै हुन्छ । नेरीमा त्यो क्षमता देखेरै कप्तानको जिम्मेवारी दिइएको थियो । टोली विदेशी भूमिमा खेल्न आतुर थियो । नेपाली टिमका किशोरीहरू अधिकांश १३, १४, १५ वर्षका थिए । नेरी ७ कक्षामा पढ्थिन्, ममता ६ कक्षामा । अरू पनि त्यस्तै । नेरीबाहेक अरू खेलाडी अधिकांशले काठमाडौँ टेकेकै पहिलोपल्ट थियो । विदेशी भूमि त धेरै परको कुरा । जहाजमा चढेर क्रिकेट खेल्न जाने कुराले उनीहरूलाई पनि निकै कौतूहल जगाएको थियो क्यारे । सबै जना मलेसिया कहिले जाने भावमा मलाई हेर्थे । उनीहरूका लागि विदेश यात्रा एकदमै नौलो थियो । कलिलो उमेरमै राष्ट्रिय टोलीको सदस्य हुन पाउँदा फुरुङ्ग थिए ।
हाम्रो मलेसिया जाने दिन आयो, जुलाई ९ । तत्कालीन शाही नेपाल वायु सेवा निगमको जहाजको टिकट लिइएको थियो । हामी समयमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्यौँ । होटल ताजदेखि विमानस्थल पुग्दा नानीहरू आपसमा जिस्किरहेका थिए, कसैका अनुहार मलिन पनि थिए । जब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र पस्यौँ, नानीहरू त यताउता पो गर्न थाले । मैले सबैलाई अनुशासनमा रहन भनेँ । अनि, उनीहरू पङ्क्तिबद्ध भएर अगाडि बढे । जहाज चढ्ने समय आइसकेको थियो । हामी त्यसतर्फ लाग्यौँ । टिमका सदस्यहरू कोही पहिलोपटक जहाज चढ्दै थिए । ठूलो जहाज सबैका लागि नौलो थियो । झन्डै दुई सय यात्रु चढ्दै गरेको जहाज देखेरै उनीहरू दङ्ग थिए । करिब पाँच घन्टाको उडान यात्रामा नानीहरू निदाइसकेका थिए । म बेलाबेला उनीहरूको ख्याल गर्थें । हामी क्वालालम्पुर विमानस्थल अवतरण ग¥यौँ । यहाँदेखि हामीलाई जोहारबारु पुग्नु थियो । अब बसको यात्रा गर्नुपर्ने भयो । आयोजकले सुविधासम्पन्न बस व्यवस्था गरेका थिए । जोहारबारु राज्य मलेसियाको सीमावर्ती राज्य हो । यो सिङ्गापुरको सिमानासँग जोडिएको छ । जोहारबारुदेखि सिङ्गापुरको समृद्धि सजिलै देख्न सकिन्थ्यो । एउटा पुलले मलेसिया र सिङ्गापुर जोडेको रहेछ ।
जोन रेजिडेन्सी होटलमा हाम्रा लागि आवास तथा भोजनको व्यवस्था गरिएको थियो । भव्य होटलमा हाम्रा खेलाडी नानीहरू रमाइरहेका थिए । उनीहरूका अनुहारमा मैले उत्साह र खुसी एकैपटक देखेको थिएँ ।
जुलाई १२ मा आईपीटीआई मैदानमा थाइल्यान्डसँग हाम्रो पहिलो खेल थियो । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यु गरेकै त्यही खेल हो । स्कुले किशोरीहरूले भरिएको टिम नै पहिलो राष्ट्रिय टिम बनेको थियो । नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमा टस जितेर ब्याटिङको निर्णय लियो । ३० ओभरको खेलमा ८ विकेट गुमाइ ९५ रन बनायो । विकेटकिपर ब्याटस्ओमन मधु थापाले सर्वाधिक ३६ रन बनाउन सफल भइन् । बलिङ पनि हाम्रो त्यत्तिकै राम्रो थियो । २१.१ ओभर खेल्दै गर्दा ४० रनमै थाइल्यान्डलाई नेपालले अलआउट गरिदियो । कप्तान नेरीले ५ रन खर्चेर ४ विकेट लिइन ्। उनको बलिङ साँच्चिकै तारिफयोग्य रह्यो । डेब्यु खेलमा जित हासिल गरेपछि नानीहरूको मनोबल झन् बढये । दोसा्रे खेल १४ जुलाईमा सोही मैदानमा मलेसियाविरुद्ध थियो । यो खेल निकै तनावपूर्ण रह्यो । खेल टाइ (बराबरी) भयो । नेरी, निरा, केशरीको प्रदर्शन उच्च थियो । अब पालो थियो हङकङसगँ । ऊ रामा्रे टोलीमा गनिन्थ्यो । न्युजिल्यान्डमा खेलिरहेकी निशा प्राटले कप्तानी सम्हालेकी थिइन् । सबैको चासो उनीमाथि नै थियो । जुलाई १५ मा नेपालले जुहार क्रिकेट एकेडेमीमा हङकङको सामना ग¥यो । वास्तवमा हङकङका खेलाडीहरूको व्यवहार र हाउभाउ हेर्दा उनीहरूले नेपाललाई कम आकँेका थिए । यद्यपि, मैदानमा नेपाली किशोरीहरूले फेरि एकपटक बहादुरी देखाए । हङकङमाथि जितको नतिजा निकाल्दै विजय यात्रालाई निरन्तरता दिन सफल भए ।
छोटो समयको प्िरशक्षणबाट खारिएका नेपाली किशोरीको सीप र दक्षतासगँ क्रिकेटविज्ञ रुमेश रत्नायके निकै प्रभावित भए । अन्य क्रिकेट अधिकारीहरू पनि नेपाली किशोरीका प्रदर्शनबाट निकै सन्तुष्ट थिए । समूह चरणमा तीन खेल जितेपछि समूह ‘ए’ विजेताका हैसियतमा नेपालले सेमिफाइनल यात्रा तय ग¥यो । १७ जुलाइमा नेपाल र चीनबीच सेमिफाइनल खेल भयो । चीनमाथि ९ विकेटले जित निकाल्दै नेपाल फाइनलमा पुग्यो । उता, अर्को सेमिफाइनलमा बङग्लादेशले हङकङलाई हराउदँै फाइनलमा नेपालसगँ भेटये । अब उपाधिका लागि नेपालले बङ्गलादेशसँग भिड्नुपर्ने भयो । यो नेपाली महिला क्रिकेटका लागि साँच्चिकै ऐतिहासिक दिन थियो । जुहार एकेडेमीमा १८ तारिखमा फाइनल थियो । वर्षातका कारण ओभर छोट्याएर १८ ओभर बनाइयो । नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय लियो । तर, राम्रो प्रदर्शन गर्न नसकेर ८ विकेटको क्षतिमा २६ रनमै समेटियो । बङ्गलादेशले ९.१ ओभरमा दुई विकेट गुमाएर २७ रन बनाउँदै पहिलो एसीसी वुमन च्याम्पियनसिप ट्रफी उचाल्न सफल भयो । प्लयेर अफ द टुर्नामेन्ट बङ्गलादेशकी पन्ना घोष भइन् । हङकङकी कप्तान निशा प्राट उत्कृष्ट ब्याट्स ओमन, नेपालकी कप्तान नेरी थापा उत्कृष्ट बलर, बङ्गलादेशकी विकेटकिपर मीना खातुन उत्कृष्ट विकेटकिपर घोषित भइन् । उपाधि त जित्न सकिएन तर नेपाली किशोरीहरूले दर्शकको मन जिते । एसीसी महिला विभागका अधिकारीहरूले नेपाली टोलीको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।
नेपालबाट बारम्बार फोन आइरह्यो । सबैले बधाई दिइरहेका थिए । मेरा आँखाबाट खुसीका आँसु झरे । त्यतिबेला मैले महिला क्रिकेटको सुरुआती दिनहरू सम्झिएँ । यो उपलब्धिले प्रारम्भिक दिनमा गरिएको मिहिनेत र दौडधुप सबै बिर्साइदिएको थियो ।
क्रमशः
(एलबी क्षेत्री नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने पहिलो पुस्ताका खेलाडी हुन् । पहिलो एसीसी ट्रफी (मलेसिया) मा टिम उपकप्तान रहेका उनले दोस्रो एसीसी (काठमाडौं) को कप्तानी सम्हाले । भारतीय शहर कोलकाताबाट क्रिकेट शुरु गरेर ए डिभिजन खेलेका क्षेत्री नेपाल आएर क्लवस्तरीय प्रतियोगिता खेल्दै १९९८ मा राष्ट्रिय टिमको कप्तान भए । उनकै नेतृत्वमा नेपालमा महिला क्रिकेटको उदय भयो । कप्तान १९९८ पुस्तकमा क्षेत्रीले अति राजनीतिले दिशाविहीन बन्न पुगेको नेपाली क्रिकेट, आफ्नो खेल जीवनका अनुभव, संघर्ष र भोगाईलाई उतारेका छन् । क्रिकेट बुझ्न चाहनेका लागि यो पुस्तक बरदान नै सावित हुने विश्वास गरेका छौ ।
क्रियटिभ बुक्सले प्रकाशन गरेको क्षेत्रीको ‘कप्तान १९९८’ पुस्तकको सहलेखन कुमार श्रेष्ठ र सम्पादन जनक नेपालले गरेका हुन् । उक्त पुस्तकको अंश प्रस्तुत गर्ने जमर्को गरेका छौं । हरेक शनिबार क्रमशः प्रकाशन हुने पुस्तक अंश पढ्नका लागि www.sunpani.com लाई लाइक गर्नुहोला । कोहीलाई यो पुस्तक चाहिएमा क्रियटिभ बुक्सका अध्यक्ष टीएस ठकुरी (९८५१०९३२३४) लाई सम्पर्क गर्न सक्नु हुनेछ ।)