संक्रमितको सम्पर्कमा रहेका तीन सयको स्वाव लिइदै

स्वाव लिन नरैनापुर हिडेको टोली ।

नेपालगञ्ज – नरैनापुरका आठ जना कोरोना संक्रमितको सम्पर्कमा रहेका तीन सय जनाको आज स्याम्पल कलेक्सन हुने भएको छ ।
नरैनापुरका २, ५ र ६ नम्बर वडामा पर्ने चार वटा स्कूलमा रहेका तीन सय जनाको स्याम्पल लिन थालिएको हो । भारतबाट फर्किएका र संक्रमितसँगै रहेका उनीहरु ‘ट्रेसिङ’ परेका थिए । वडा नं. २ को आदर्श मावि, वडा नं. ५ को दिपेन्द्र मावि र नेराप्रावि हुलासपुर र ६ नम्बर वडाको जयकिसन मावि, भोजभगवानपुरको क्वारेन्टाइनमा रहेका व्यक्तिको स्याम्पल लिन थालिएको छ ।
जिल्लाको पूर्वी नाकामा पर्ने नरैनापुरमा केही दिन यता ५ सय बढी मानिसहरु भित्रिएका छन् । भारतबाट आएका तीमध्येमा आठ जनामा कोरोना देखिएपछि संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरुको स्याम्पल लिन थालिएको हो । नरैनापुरबाहेक जिल्लाका अरु सात वटा पालिकामा पनि भारतबाट आएका व्यक्तिहरु छन् । सबैको कोरोना परीक्षण गरिदैछ । जिल्लाका सबै पालिकाका क्वारेन्टाइनमा धेरै मानिसहरु रहेकाले उनीहरुको स्याम्पल संकलन गर्नका लागि जनशक्ति बढाउन आवश्यक देखिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !