‘ट्रेसिङ’मा सशस्त्र प्रहरी !

नेपालगञ्ज – संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरुको स्वाव लिने काम भइरहेको छ । नेपालगञ्जका पहिलो संक्रमित ६० वर्षीयको सम्पर्कमा आएका व्यक्तिको खोजी गर्दै जादा अरु संक्रमित फेला परेका थिए । त्यसपछि अरु संक्रमितको सम्पर्कमा रहेका व्यक्तिको ‘ट्रेसिङ र टेष्ट’ गर्ने क्रम चलिरहेको छ ।
यस्तैमा सशस्त्र प्रहरीको क्षेत्रीय अस्पतालमा रहेका कर्मचारी संक्रमितको सम्पर्कमा पुगेको बाहिर आएको छ । ‘ट्रेसिङ’को क्रममा त्यस्तो पाइएपछि जिल्ला स्वास्थ्य कार्यालय, बाँकेको टोली कोहलपुर आउँदैछ । ‘संक्रमितसँगै गाडीमा सवार भएको कुरा आएको छ । हाम्रो टोली कोहलपुर जादैछ, स्वास्थ्य कार्यालय स्रोतले भन्यो, सम्बन्धित व्यक्तिलाई पहिला सोध्छौं । बाहिर आएजस्तो रहेछ भने उनको स्वाव लिन्छौं ।’
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अनुसार, ट्रेसिङ गर्ने र टेष्ट गर्ने काम भइरहदा बाँकेमा बुधबार संकलन गरिएको ८० स्वावको रिपोर्ट आउन बाँकी रहेको छ । नरैनापुरमा ४५, भेरी अस्पतालमा ३४ र मेडिकल कलेजबाट लिइएको एउटा स्वावको रिपोर्ट आउन बाँकी रहेको हो ।


error: यो सुविधा उपलब्ध छैन !