नेपालगञ्जमा कोरोना संक्रमित थपिए

नेपालगञ्ज – नेपालगञ्जमा कोरोना संक्रमित थपिएका छन् ।
२८ गते टाँगा स्टेशन नजिक स्वाव लिइएकामध्ये ३६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले धुलिखेल अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नेपालगञ्ज–८ का एकजना कोरोना पोजिटिभ देखिएको बताउनुभयो ।
नेपालगञ्जको वडा नं. ८ कोरोनाको ‘हटस्पट’ बनेको छ । यसअघि त्यही वडाबाट २२ जना कोरोना संक्रमित फेला परेका थिए । योसँगै नेपालगञ्जमा कोरोना संक्रमितको संख्या २५ पुगेको छ । नेपालगञ्जबाट २८ गते प्रदेश सांसद, मेयर, उपमेयर, वडाध्यक्ष र स्थानीय गरी एक सय ६२ जनाको स्वाव संकलन गरेर काठमाडौं पठाइएको थियो । त्यहीमध्येका एकजनामा कोरोना देखिएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । अरु सबै स्वावको रिपोर्ट नेगेटिभ आइसकेको छ ।
फोकलपर्सन श्रेष्ठका अनुसार, बाँकेमा बुधबार नरैनापुरमा स्वाव संकलन गर्ने तयारी भएको छ । पछिल्लो दुई दिनमा भारतबाट ठूलो संख्यामा नेपालीहरु आएकाले उनीहलगायत क्वारेन्टाइनमा राखेका व्यक्तिको स्वाव संकलन शुरु गर्ने तयारी भएको छ ।

यसैबीच, बुधबार नै कपिलबस्तुमा पनि एकजनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय १९ पुगेको छ ।


error: यो सुविधा उपलब्ध छैन !