नेपालगञ्जमा दुई करोड ६८ लाखको राहत वितरण

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले दुई करोड ६८ लाख ९९ हजार ६ सय ७१ रुपैया बराबरको राहत वितरण गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाले स्थायी बसोबास गरिरहेका विपन्न परिवारलाई प्रतिपरिवार एक हजार ७ सय ५० र भाडामा बस्नेलाई प्रतिव्यक्ति एक हजार २ सय एक रुपैया बराबरको राहत वितरण गरेको थियो ।
आइतबारसम्ममा स्थायी बसोबास गर्ने विपन्न १२ हजार ६ सय ४६ परिवारलाई दुई करोड २१ लाख ३० हजार पाँच सय र भाडामा बस्ने विपन्न घर परिवार र विद्यार्थी गरी तीन हजार ९ सय ७१ जनालाई ४७ लाख ६९ हजार १ सय ७१ रुपैया बराबरको राहत वितरण गरिएको हो ।
नेपालगञ्ज उपमहानगरपालिकाका लेखा अधिकृत राजन केसीका अनुसार, स्थायी रुपमा बसोबास गर्ने विपन्न घरपरिवार र भाडामा बस्ने तथा विद्यार्थीलाई गरी दुई करोड ६८ लाख ९९ हजार ६ सय ७१ रुपैया बराबरको राहत वितरण गरिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशमशेर राणाले पहिलो चरणमा स्थायी बसोबास गरेका र दोस्रोे चरणमा भाडामा बस्ने तथा विद्यार्थीलाई राहत वितरण गरिएको जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !