संक्रमितसँग ‘भिडियो कल’ !

नेपालगञ्ज – संक्रमत व्यक्ति कहिलेदेखि नेपालगञ्जको मस्जिदमा बसेका थिए । उनी कहाँबाट आएका थिए । को–कसको सम्पर्कमा थिए । यतिबेला सर्वाधिक खोजीको विषय बनेको छ ।
तर, यी सबै कुरा उनीसँग कसरी सोध्ने ? अधिकारीहरु छलफलमा जुटेका छन् । उनलाई आइसोलेसनमा राखेपछि मोबाइल दिएर कुरा गर्ने कि भिडियो कल गर्ने छलफल भइरहेको बाँकेका एसपी वीरबहादुर ओलीले जानकारी दिनुभयो ।
६० वर्षीय व्यक्तिलाई कोरोना भाइरस पुष्टि भइसकेकाले सावधानी अपनाएर मात्रै नजिक जानु पर्ने बाध्यता रहेको छ । संक्रमित व्यक्ति बिरामी नभएको बुझिएको छ । यसले के देखाउँछ भने ज्वरो आएकोलाई मात्रै होइन कि सबैलाई कोरोना जाँच गर्नुपर्ने अवस्था रहेको छ । विशेष गरेर मस्जिद, मन्दिर, लकडाउन आसपासमा भारत तथा तेस्रो मुलुकबाट आएका सबैको कोरोना परीक्षण गर्न आवश्यक देखिएको छ । बाँकेमा धेरैलाई आरडीटी टेष्ट गरेर घर पठाइएको छ ।
सीमावर्ती जिल्ला भएकाले बाँके कोरोनाको जोखिममा रहेको छ । त्यही भएर पनि स्थानीय प्रशासनले सावधानी अपनाएको छ । झन्–झन् पछि लकडाउनलाई कडाई गर्दै गएको छ । अस्पतालहरुले आशंका गरेर आइसोलेसनमा राखेको नभई मस्जिदमा रहेका व्यक्तिमा संक्रमण देखिनुले जोखिम बढाएको अधिकारीहरु बताउँछन् ।
१७ गते नै फूलबारी मस्जिदबाट स्वाव लिएका १० जनाको रिपोर्ट आउन बाँकी रहेको छ । यसैबीच, स्थानीय प्रशासनले नगरका चार स्थानलाई बढी निगरानी गरेको छ । डीएसपीरोड, महेन्द्र पार्क आसपास, धम्बोझी र एकलैनीमा निगरानी बढाइएको छ ।


error: यो सुविधा उपलब्ध छैन !