चार बजेदेखि नेपालगञ्ज ठप्प !

नेपालगञ्ज – स्थानीय प्रशासनले भोलीदेखि कडाई गर्ने भएको छ ।
आइतबार बसेको सुरक्षा समितिको बैठकले सोमबारबाट दिउँसो ४ बजेदेखि औषधी पसलबाहेक सबै बन्द गर्ने निर्णय गरेको हो । खाद्यान्न तथा तरकारी किन्ने बहानामा मानिसहरु सडकमा निस्किएपछि स्थानीय प्रशासनले चार बजेसम्म मात्रै पसल खोल्न दिने निर्णय गरेको हो । लकडाउनलाई कडाई गर्ने क्रममा स्थानीय प्रशासनले यस्तो निर्णय गरेको छ । बाँके प्रहरीले चार बजेपछि ठप्पै पार्ने जनाएको छ ।
बैठकले मस्जिदमा रहेका व्यक्तिको आरडीटी जाँच गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले मन्दिर, मस्जिदमा रहेका व्यक्तिको आरडीटी जाँच गर्ने निर्णय भएको जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !