किन आउँछन् ज्वरो आएका चालक नेपाल ?

नेपालगञ्ज – नेपालगञ्जको जमुनाहा नाकाबाट चार वटा मालवाहक गाडीलाई फिर्ता गरिएको छ । गाडीका चालक र सहचालकलाई ज्वरो आएको पाइएपछि उनीहरुलाई गाडीसहित फिर्ता गरिएको हो ।
दुई वटा ट्रकमा चामल र अरु दुईमध्येमा एकमा केरा र अर्कोमा कोइला ल्याइएको थियो । लकडाउन भएपनि भारतबाट मालवाहक गाडी भित्रिरहेका छन् । दैनिक ५० बढी गाडी भित्रिने गर्दछन् । जमुनाहा नाकामा गाडी चालक र सहचालकको ज्वरो नाप्ने र गाडीलाई सेटिनाइज गरेर भित्रिन दिने गरिएको छ ।
आज नेपाल प्रवेश गरेका चार गाडीमध्येमा दुई वटा गाडीका चालक र दुई वटा गाडीका सहचालकलाई ज्वरो आएको पाइएपछि उनीहरुलाई फिर्ता गरिएको हो । भारतमा समेत कोरोनाको संक्रमण बढिरहेकाले अत्यावश्यक बस्तु लिएर आउने चालक र सहचालकलाई कडाईका साथ जाँच गर्न थालिएको हो ।


error: यो सुविधा उपलब्ध छैन !