दशगजाका एक सय ८१ जनाको रिपोर्ट नेगेटिभ, सबैलाई घर पठाइदै

नेपालगञ्ज – नेपालगञ्जको दशगजामा क्वारेन्टाइन बनाएर राखिएका एक सय ८१ जनाको ‘आरडीटी’ टेष्टको रिपोर्ट नेगेटिभ आएको छ ।
विगत १६ दिनदेखि दशगजामा टेन्ट टाँगेर राखिएका उनीहरुको आज आरडीटी टेष्ट गरिएको थियो । नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी दिनुभयो । उहाँका अनुसार, दशगजाको क्वारेन्टाइनमा २६ जिल्लाका मानिस त्यहाँ छन् ।


भारतका विभिन्न शहरबाट आएका उनीहरुलाई घर पठाउने तयारी भएको छ । स्थानीय प्रशासनको समन्वयमा नेपालगञ्ज उपमहानगरपालिकाले अहिलेसम्म बसोबास, खानपिनको व्यवस्थापन गरेको थियो । नेपालगञ्जका मेयर डा. धवलशमशेर राणाले दशगजामै पुगेर सबैलाई सुरक्षित तरिकाले आ–आफ्नो पठाइने जानकारी दिनुभयो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले पत्रसहित सबैलाई उनीहरुको जिल्लामा पु¥याइने बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !