सबै नेगेटिभ

नेपालगञ्ज – बाँकेबाट जाँचका लागि पठाइएको ७० वटै स्याम्पल नेगेटिभ आएको छ ।
बाँकेका विभिन्न ठाउँबाट पटक–पटक गरेर ७० वटा स्याम्पल पठाइएको थियो । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत नरेश श्रेष्ठले हालसम्म पठाइएको सबै स्याम्पल नेगेटिभ आएको जानकारी दिनुभयो । श्रेष्ठका अनुसार, भेरी अस्पतालबाट २१, नर्सिङहोम नेपालगञ्जबाट २०, कोहलपुरबाट १०, आर्मी अस्पतालबाट दुई, महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनबा ७ र दशगजामा बनाइएको क्वारेन्टाइनबाट १० जनाको स्याम्पल पठाइएको थियो ।
शुरुमा काठमाडौंस्थित केन्द्रीय प्रयोगशालामा पठाइएको पछि रुपन्देहीस्थित प्रयोगशालामा पठाइएको थियो । बाँकेका विभिन्न क्यारेन्टाइनमा हालसम्म ४ सय ८९ जना बसेका छन् । सबैको स्याम्पल जाँच हुन सकेको छैन । भेरी अस्पतालमा आएको ल्याबको जडान सकिने बित्तिकै यही जाँच गर्ने तयारी भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !