थप ६ जनाको स्याम्पल संकलन

नेपालगञ्ज – बाँकेमा थप ६ जनाको स्याम्पल संकलन गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत नरेश श्रेष्ठका अनुसार, शुक्रबार ६ वटा स्याम्पल संकलन गरेर पठाइएको छ । अहिलेसम्म बाँकेबाट पठाइएको २५ वटा स्याम्पल नेगेटिभ आइसकेको छ ।
बाँकेमा क्वारेन्टाइन बढिरहेका छन् । स्थानीय प्रशासनले जमुनाहाको दशगजामा क्वारेन्टाइन बनाएर १ सय ८१ जनालाई राखेको छ । त्यो बाहेक अन्यत्र क्वारेन्टाइनमा २ सय १२ जनालाई राखिएको छ । शंकास्पदलाई जाँच गर्दै स्याम्पल संकलन गरेर पठाउने काम भइरहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !