रगत चाहियो, फोन गर्नुस्

नेपालगञ्ज – लकडाउनको बेलामा कोही व्यक्ति रगत नपाएर छट्पटाउनु त भएको छैन नि ? यदि रगत चाहिएको छ भने अन्तर पार्टी युवा सञ्जाललाई सम्झिनुस् है । तपाईले एक कल गर्दा चाहिएको रगत समूह उपलब्ध हुन सक्छ ।
लामो समयदेखि बाँकेमा गठित युवाहरुको अन्तर पार्टी युवा सञ्जालले लकडाउनको बेलामा मानवीय कामको थालनी गरेको हो । अस्पतालमा बिरामी आइरहेका छन् । डेलिभरी या दुर्घटनाका घाइतेलाई बढीजसो रगत चाहिन्छ । लकडाउन छ । भन्ने बित्तिकै रगत नपाइन सक्छ । अन्तर पार्टी युवा सञ्जालले यी कुराहरु मनन गरेर ६ जनालाई फोकलपर्सन तोकेको छ । विजय यादव, रत्न खत्री, किशोर थापा, प्रशान्त विष्ट, हिरालाल लोनिया र डिल्ली बराल जसलाई फोन गरेपनि रगत उपलब्ध गराइने अभियान्ता रत्न खत्रीले बताउनुभयो ।
‘लकडाउनको बेलामा धेरै मान्छे जम्मा पारेर रक्तदान गर्न सकिदैन । रगत चाहिएको बिरामीलाई हामी आफै या कोहीलाई खोजेर रगत दिन लगाउँछौं, खत्रीले भन्नुभयो, रगत नै नपाएर कोही अकालमा नमरुन् भन्ने हाम्रो उद्देश्य हो ।’


error: यो सुविधा उपलब्ध छैन !