दरगाह सम्मेलनमा बाँकेका दुई जना !

नेपालगञ्ज – भारतको दिल्लीस्थित हजरत निजामुद्दिन दरगाहको ‘तबलीगी जमात मरकज’ मा भाग लिन गएको भनिएका १९ जना नेपालीमध्ये दुई जना बाँकेको भएको सूचना आएपछि टास्कफोर्सको टोली वास्तविकता बुझ्न गएको छ ।
धार्मिक सम्मेलनमा भाग लिएकामध्ये एकजनाको कोरोनाका कारण मृत्यु भइसकेको छ । अरु २४ जनामा कोरोना भाइरस संक्रमण देखिएपछि सम्मेलनमा सभागीहरु जोखिममा रहेको भारतीय मिडियाहरुले बताइरहेका छन् । त्यहाँ सहभागी तीन सय जनालाई अस्पताल पठाइएको छ । सात सय जनालाई क्वारेन्टाइनमा राखिएको छ । १ देखि १५ मार्चसम्म चलेको सभामा विभिन्न देशका करिव ८ हजार सहभागी रहेका थिए ।
धार्मिक सम्मेलनबाट फर्केका दुई जना टोलमा रहेको सूचना प्रहरीलाई आएपछि टास्कफोर्सलाई जानकारी दिइएको थियो । नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले उनीहरु कहिले आएका हुन् भन्ने बुझ्न टोली गएको जानकारी दिनुभयो । १४ दिनयता आएको भए क्वारेन्टाइनमा राख्ने तयारी भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !