नाकामा सुरक्षाकर्मीको किन समन्वय भएन ?

नेपालगञ्ज – भारतीय नाकामा अलपत्र परेका नेपालीलाई भारतीय सुरक्षाकर्मीले नेपाली अकिारीसँग समन्वय नगरेर छोटी नाकाबाट नेपालतिर पठाइदिएको छ ।
केही दिनदेखि रुपैडिहामा अलपत्र परेका नेपालीलाई भारतीय सुरक्षाकर्मीले यता समन्वय नगरी छोटी नाकाबाट नेपाल पठाइदिएका हुन् । भारतीय सुरक्षाकर्मीले एक सय ५८ जना नेपालीलाई ट्याक्टरमा राखेर जयसपुर नाकामा ल्याएर छोडिदिएको थियो । छोटी नाकाबाट नेपाल प्रवेश गरेका उनीहरुलाई सुख्खा बन्दरगाहको जग्गामा राखिएको छ ।
भारतीय सुरक्षाकर्मीले किन यसो गरे ? मुख्य नाका जमुनाहाबाट किन पठाइएनन् ? नाकामा रहेको प्रहरी इन्चार्जले समन्वय राम्रो गर्न सकेनन् कि ? स्रोतका अनुसार, केही दिनअघि सशस्त्र प्रहरी र नेपाल प्रहरीले भारतीय सुरक्षाकर्मीलाई नसोधी नेपालीहरु बसेको ठाउँमा गएर फोटो खिचेकोप्रति भारतीय सुरक्षाकर्मीको तीब्र असन्तुष्टि थियो । यो घटना पछि भारतीय सुरक्षाकर्मीले नेपाल प्रहरीलाई समेत रुपैडिहामा छिर्न दिएको छैन ।
बाँकेका एसपी वीरबहादुर ओलीले छोटी नाकाबाट नेपाल प्रवेश गरेका नेपालीलाई एक ठाउँमा राखेर खाना दिने र स्वास्थ्य जाँचको व्यवस्था मिलाइरहेको बताउनुभयो । ‘उनीहरु एक सय ५८ जना रहेछन् । सबैलाई एक ठाउँमा राखेर खानाको व्यवस्था गर्दैछौं । सबैको लगत लिइसकेपछि यही क्वारेन्टाइनमा राख्ने कि सम्बन्धित जिल्लामै पठाएर क्वारेन्टाइनमा राख्ने छलफल गर्दैछौं, एसपी ओलीले भन्नुभयो ।
यसैबीच, मानवअधिकारकर्मीहरुले विज्ञप्ती निकालेर नाकामा अलपत्र परेका नेपालीको उचित व्यवस्थापन गर्न माग गरेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !