दिल्लीबाट टुप्लुक्क आइपुगेपछि…

क्वारेन्टाइनको बेड थप्दै प्रहरी । तस्बिर : भीम वली ।

नेपालगञ्ज – कोरोनाको त्रासले गर्दा बाहिरबाट नयाँ मान्छे आउदा टोलछिमेकमा चियोचर्चा हुन थालेको छ । आज विहान नेपालगञ्जको वडा नं. ६, फूल्टेक्रामा एकजना दिल्लीबाट आइपुगे । उसलाई देखेपछि टोलमा खैलाबैला भयो । वडाध्यक्ष समीरप्रताप सिंहसमक्ष कुरा आयो । वडाध्यक्ष सिंहले ती व्यक्तिलाई क्वारेन्टाइनमा पठाउनेबारेमा छलफल गर्दै हुनुहुन्छ ।
सरकारले भारत तथा तेस्रो मुलुकबाट आएका व्यक्तिलाई दुई हप्ता क्वारेन्टाइनमा राख्ने नीति लिएको छ । सबैको मोबाइलमा यसप्रकारको रिङटोन पनि बज्छ । यसबाट टोलटोलका मानिस सचेत भएका छन् । भारत तथा तेस्रो मुलुकबाट १४ दिन यता आएका व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने गरिएको छ ।
तर, नेपाल र भारतमा लकडाउन भएको अवस्थामा दिल्लीबाट ती व्यक्ति कसरी नेपालगञ्ज आइपुगे ? चासोको विषय बनेको छ । यही रुपैडिहामा केही दिनयता एक सय ६४ जना नेपाली अलपत्र परेर बसिरहेका छन् ।
नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले स्वास्थ्यकमीृको टीम फूल्टेक्रा जादै गरेको बताउनुभयो ।
हालसालै भारत तथा तेस्रो मुलुकबाट आएका व्यक्तिलाई क्वारेन्टाइन राख्न थालिएपछि क्वारेन्टाइनहरुमा बस्नेको संख्याको बढिरहेको छ । जिल्लामा अहिले १ सय ५८ जना पुगेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !