जेलमै बिते सिद्धिकी

नेपालगञ्ज – नेपालगञ्ज कारागारमा एकजनाको मृत्यु भएको छ ।
अपराधिक लाभ मुद्दामा तीन वर्षको कैद र ३० हजार जरिवाना तोकिएका ६० वर्षका अस्फाक अहमद सिद्धिकीको आज विहान मृत्यु भएको हो । प्रेसरका औषधी खाइरहेका सिद्धिकी विहान केहीबेर घुमफिर गरेपछि कोठाभित्र पसेका थिए । त्यसलगत्तै उनी बेहोस भएका थिए । बेहोस भएको सूचना आउने बित्तिकै जेल प्रशासनले उपचारको व्यवस्था गरेपनि सिद्धिकीको मृत्यु भएको थियो ।
जेलर देवेन्द्र श्रेष्ठले प्रक्रिया पु¥याएर सिद्धिकीको शवलाई आफन्तीको जिम्मा लगाउने जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !