जिल्लाबाट पठाइएको सबै स्याम्पल नेगेटिभ

नेपालगञ्ज – बाँकेबाट परीक्षणका लागि काठमाडौं पठाइएको सबै स्याम्पल नेगेटिभ आएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेले पठाएको थप १० वटा स्याम्पल नेगेटिभ आएपछि जिल्लाबाट पठाएको २३ वटै स्याम्पलको नतिजा नेगेटिभ आएको हो ।
जिल्लामा क्वारेन्टाइनमा बस्नेको संख्या भने बढिरहेको छ । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, एक सय ५८ जना क्वारेन्टाइनमा बसिरहेका छन् ।
जनस्वास्थ्य अधिकृत श्रेष्ठका अनुसार, सामर्थ इन होटलमा १०, महेन्द्र बहुमुखी क्याम्पसमा चार, राधापुरमा ४०, नेराप्राविमा ९, बैजनाथमा २, ह्यात होटलमा २६, कृषि तालिम केन्द्रमा १५, भगवानपुर माविमा ५२ जना क्वारेन्टाइनमा बसिरहेका छन् । ४२ जना होम क्वारेन्टाइनमा छन् । जिल्लामा अहिलेसम्म ३ सय ५ जना क्षमताको क्वारेन्टाइन बनाइएको छ । जिल्लाका आठ वटै पालिकाले क्वारेन्टाइन बनाइसकेका छन् । तर, कतिपयको क्वारेन्टाइनको मापदण्ड अनुसारको नभएको गुनासो आएको छ ।


error: यो सुविधा उपलब्ध छैन !