तत्काल प्रयोगशाला स्थापना माग

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणाले नेपालगञ्जमा कोरोना परीक्षण प्रयोगशाला तत्काल स्थापना गर्न प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलसमक्ष माग गर्नुभएको छ ।
सोमबार मुख्यमन्त्री पोखरेलसँगको भिडियो कन्फ्रेन्समा मेयर राणाले नेपालगञ्जमा कोरोना परीक्षणका लागि प्रयोगशाला स्थापना गर्न सरकारले गरेको निर्णय तत्काल कार्यान्वयन गर्न माग गर्नुभएको हो ।
सो क्रममा मुख्यमन्त्री पोखरेलले नेपालगञ्जमा छिट्टै आवश्यक जनशक्ति र पूर्वाधार तयार गरि प्रयोगशाला सञ्चालनमा आउने जानकारी दिनुभयो । मुख्यमन्त्रीले पिपिइलगायतका अन्य मेडिकल सामाग्री पनि छिट्टै पठाइने बताउनुभयो ।
कोरोना संक्रमण भित्रिन नदिनका लागि नेपालगञ्ज उपमहानगरपालिकाले गरेका कामको बारेमा जानकारी लिदै मुख्यमन्त्री पोखरेलले कोरोनाको संक्रमण भित्रिन नदिन सबैपक्ष मिलेर लाग्नुपर्नेमा जोड दिनुभयो । मेयर राणाले नेपालगञ्जले कोरोनाविरुद्ध गरिरहेको प्रयास र पहलकदमीबारे जानकारी दिदै आवश्यक मेडिकल सामाग्रीको अभाव भएकोबारे मुख्यमन्त्री पोखरेलको ध्यानाकर्षण गराएको बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !