कारागारबाट शाहले दिए दश हजार

नेपालगञ्ज – नेपालगञ्ज कारागारमा बन्दी जीवन बिताइरहेका सन्दीपजंग शाहले कोरोनाविरुद्धको अभियानमा दश हजार रुपैया सहयोग गर्नु भएको छ । बन्दी चुन्ना जसगढले पाँच सय रुपैया दिनु भएको छ ।
शाह र जसगढले सहयोग गरेको दश हजार पाँच सय रुपैया जेलर देवेन्द्र श्रेष्ठलाई हस्तान्तरण गरियो । जेलर श्रेष्ठले भोली नै प्रमुख जिल्ला अधिकारीलाई बुझाइदिने बताउनुभयो ।
न्यायको पर्खाइमा रहेका शाहले संकटको यो घडीमा थोरै भएपनि सहयोग गर्न पाउदा हर्षित भएको प्रतिक्रिया दिनु भएको छ । शाह नेपाली काँग्रेसनिकट नेपाल तरुण दल नेपालगञ्ज उपमहानगर कमिटिका सभापति हुन् ।
कारागारमा बन्दीको चाप अत्याधिक रहेकाले कोरोनाको उच्च जोखिम मानिने गरेको छ । त्यसकारण जेलमा बाहिरी मान्छेलाई प्रवेश निषेध गरिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !