तरकारीमण्डीको अनुगमन

नेपालगञ्ज – तरकारीमा व्यापक मूल्य बढाइएको जनगुनासो आएपछि संयुक्त बजार अनुगमन टोलीले रानीतलाउ सब्जीमण्डीको अनुगमन गरेको छ ।
४० रुपैया किलोमा बिक्री भइरहेको टमाटर सय रुपैया र एक सय ६० रुपैया नम्बरमा बिक्री भइरहेको आलु दुई सय रुपैया पुगेपछि संयुक्त बजार अनुगमन टोली सब्जीमण्डी पुगेको हो । अनुगमन टोलीले रानीतलासको तरकारी तथा फलफूल समितिलाई भेटेर दैनिक मूल्य टाँस्न निर्देशन दिएको छ । फुटकर बिक्रेताले पनि थोकबाट किनेको र बेचेको मूल्य टाँस्न भनिएको नेपालगञ्ज उपमहानगरपालिकाका प्रशासन प्रमुख शरद पौडेलले जानकारी दिनुभयो । ‘तरकारी मूल्य आकाशिएको जनगुनासो आएपछि अनुगमन गएका थियौं, उनीहरुको गुनासा पनि सुन्यौ, हामीले दैनिक मूल्य टाँस्न निर्देशन दिएका छौं, अधिकृत पौडेलले भन्नुभयो, अझै कसरी जाने भन्ने विषयमा तरकारी समिति, उत्पादक किसानसँग बिहीबार बैठक बस्ने कुरा भएको छ ।’
अनुगमनमा वडा नम्बर ८ अध्यक्ष सुरेन्द्र बैश्य, उपमहानगरपालिकाका प्रशासन प्रमुख पौडेल, बाणिज्य कार्यालय प्रमुख कृष्ण पौडेललगायत टोलीमा सहभागी हुनुभएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !