डिउटीमा खटिएका प्रहरीलाई ग्लोब्स र सेनिटाइजर

नेपालगञ्ज – नेपालगञ्ज उद्योग वाणिज्य संघले डिउटीमा खटिने प्रहरीको व्यक्तिगत सुरक्षाका लागि ग्लोब्स र सेनिटाइजर सहयोग गरेको छ ।
संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी र महासचिव चिरञ्जीवी ओलीले जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी शिवबहादुर सिंहलाई बुधवार ५ सय थान ग्लोबस र ५० पिस सेनिटाइजर हस्तान्तरण गर्नुभयो ।
कोरोना संक्रमण बिरुद्धको लकडाउन, स्वास्थ्य परीक्षण जस्ता महत्वपूर्ण काममा खटिएका प्रहरीका लागि यी सामाग्री अति नै जरुरी थियो । यस अघि संघले भेरी अस्पताल, नेपालगञ्ज मेडिकल कलेज र राँझास्थित नेपाली सेनाको अस्पतालमा प्राइभेट प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) उपलब्ध गराएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !