मुख्य सडक सुनसान, भित्रभित्र चहलपहल

नेपालगञ्ज – स्थानीय प्रशासनले घर बाहिर ननिस्किन भन्दै ‘जनता कर्फ्यु’ लगाएपछि मुख्य सडक सुनसान देखिएपनि भित्री सडकमा चहलपहल देखिएको छ ।
आफ्नो अनि सबैको लागि घरभित्रै बसिदिन आग्रह गरिदा भित्री गल्लीहरुमा त्यसको पालनामा कन्जुस्याई भएको छ । प्रत्यक्षदर्शीहरु भन्दैछन्, प्रहरी एक्सनमा नआएसम्म अटेरी जनताले मान्दैनन् । पैदल, साइकल र मोटरसाइकलमा यताउता गरेको देखिएको छ । कतिपयको अत्यावश्यक काम हुन पनि सक्छ । यस्तोमा प्रहरीले निगरानी बढाउन जरुरी छ ।
मुख्य सडकसँगै केही भित्रीगल्लीमा प्रहरीले पसल बन्द गर्दै सडकमा हिडेकालाई फिर्ता गरिरहेको छ । प्रहरीको बाक्लो उपस्थिति हुँदा अटेरीले मान्ने देखिएको छ ।
कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सरकारले लकडाउन गरेको छ । बाहिर ननिस्किन, घरमै बस्न आग्रह गरेको छ ।
बाँके प्रहरी प्रवक्ता डीएसपी शिवबहादुर सिंहले रोडमा कोहीलाई आउन नदिएको बताउनुभयो । ‘रोडमा कोही आउनु भएन । जम्मा हुनु भएन । हामी त्यसका लागि खटिएका छौं, प्रवक्ता सिंहले भन्नुभयो, रोड सुनसान छ ।’


error: यो सुविधा उपलब्ध छैन !