खजुरामा पहिलो पटक बजार अनुगमन

खजुरा – खाद्यान्न र ग्याँस जस्ता अत्यावश्यक बस्तुको कालो बजारी हुन नदिन बाँकेमा अनुगमनलाई तिब्र पारिएको छ । कोरोना भाइरसको मौकाछोपी बजारमा अभाव श्रृजना गरि कालोबजारी गर्ने बिरुद्ध वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्ज, जिल्ला प्रशासन कार्यालय र खजुरा गाउँपलिकाको संयुक्त टोलीले खजुरामा पहिलो पटक अनुगमन गरेको हो ।
खजुराका उपभोक्ताबाट ब्यापक गुणासो आएका कारण बजारका खाद्य वस्तु र ग्याँस पसलहरुको अनुगमन गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगञ्जका प्रमुख कृष्ण प्रसाद पौड्यालले बताउनुभयो । उहाँले अनुगमनका क्रममा खाद्यवस्तुहरुको उपभोग्य मिति सकिएको, मूल्यसूचि नराखेको, बिल नकाट्ने, खरिद बील नराखेर बिक्री बितरण गरेको पाइएको बताउनुभयो ।
ग्याँस पसलको अनुगन गर्दा ग्यास रहेको र ग्याँसको अभाव देखिएको छैन । आफूहरु निर्वाचित भैसकेपछि खजुरा बजार क्षेत्रको पहिलो पटक अनुगमन गरिएको खजुरा गाउँपालिका उपप्रमुख एकमाया बिकले बताउनुभयो । उहाँले खाद्यवस्तु, ग्याँस र पेट्रालियम पदार्थको अभाव भयो भन्ने ब्यापक जनगुणासो आएकाले पहिलोपटक अनुगमन गरिएको बताउनुभयो ।
उपप्रमुख विकले डिलरमा ग्याँस राखिएको छ तर उपभोक्तलाई नदिइएको भन्दै यस्तो संकटको अवस्थामा ब्यापारीहरुले सरकारलाई सहयोय गर्नुपर्ने र स्थानीय सरकारले पनि त्यही चाहना राखेको बताउनुभयो ।
बिल नदिने, पसलको नबिकरण नगरेको, मदिरा, कस्मेटिक, खाद्य, ग्याँस एउटै पसलमा राखिएको अनुगमनमा देखिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !