कहाँ छन् विशम्बर दयाल ?

नेपालगञ्ज – भारतीय नागरिक विशम्बर दयाललाई खोज्न घरपरिवारका सदस्य नेपालगञ्ज आइपुगेका छन् ।
इन्द्रपुरस्थित जय सियाराम मेनुफैक्चरिङ इन्ड्रस्टिज प्रालीमा काम गर्ने दयाल सम्पर्कमा नआएपछि घरपरिवारका सदस्य नेपालगञ्ज आइपुगेका हुन् । दयालले गत मंगलबार राती भीषण आगलागी भएको उद्योगमा विद्युतको काम गर्थे । त्यो राती पनि उनले काम गरिरहेका थिए । त्यसपछि उनी कहाँ गए पत्ता लागेको छैन ।
गणेशपुरस्थित एक होटलमा कोठा बुक गरेका दयाल भोलीपल्ट घर जानु छ भन्दै रातीसम्म काम गरिरहेका थिए । राती १२ बजे आगलागी भएको उद्योगमा एकजना पोलिएको अवस्थामा मृत भेटिनु र दयाल सम्पर्कमा नआउनुले आशंका बढाएको छ । यद्यपि, यकिन भन्न सक्ने अवस्था छैन । शवको सनाखत गर्ने आधार केही देखिदैन । डीएनए परीक्षण गर्नुपर्ने अवस्था रहेको प्रहरीले बताएको छ ।
चप्पल, पोछा र ट्वाइलेट ब्रस बनाउने उद्योगमा रातदिन काम हुन्थ्यो । होली परेकाले मंगलबार रातीका कामदार थिएनन् ।


error: यो सुविधा उपलब्ध छैन !