शाकाहारीका लागि नयाँ खाजा घर
नेपालगञ्ज – नेपालगञ्जको सेतुविक चोकमा नयाँ खाजा घर सञ्चालनमा आएको छ ।
शाकाहारीलाई लक्षित गरेर सञ्चालनमा ल्याइएको नयाँ खाजा घर ‘यम्मी बाइट्स’को नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले उद्घाटन गर्नुभयो । अध्यक्ष मन्सुरीले नयाँ नयाँ रेष्टुरेष्टहरु खुल्दा शहरको गरीमा बढ्ने बताउनुभयो ।
संघका महासचिव चिरञ्जीवी ओली र प्रमोद गुप्ताले यम्मी बाइट्स सञ्चालन गरेका हुन् । ओलीका अनुसार, एक करोडका लागतमा यम्मी वाइट्स बेकरी सप एण्ड रेष्टुरन्ट सञ्चालन गरिएको हो ।
१३ जनालाई रोजगारी दिएको यम्मी बाइट्समा भेज नास्ता पाइन्छन् । पसलमा बेकरीका सम्पूर्ण आइटम, आइक्रिम, भेज खाजा र चाट राखिएको छ ।