सरकार भाषणमा मात्रै सफल

नेपालगञ्ज – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य डा. डिला संग्रौलाले सरकार भाषण र काण्डैकाण्ड गराउनमात्रै सफल भएको टिप्पणी गर्नु भएको छ ।
प्रेस युनियन, बाँकेले मंगलबार विहान नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता संग्रौलाले समृद्धि र सुशासन दिन सरकार असफल भएको बताउनुभयो । उहाँ भन्नुभयो, ‘सरकार भाषण बढी गर्यो, काम थोरै गर्यो ।’
पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाको घटनामा सरकारले सत्यतथ्य छानबिनसम्म नगरेकोमा आक्रोशित संग्रौलाले प्रधानमन्त्रीकै मिलोमतोको आशंका गर्नुभयो । सरकारले प्रतिनिधि सभामा पराजित बामदेव गौतमलाई अगाडि सारेर असंवैधानिक र अलोकतान्त्रिक काममा अघि बढेको बताउनुभयो । प्रधानमन्त्रीको जन्म दिनको केक सेलिब्रेसनलाई पनि संग्रौलाले केक काण्डको रुपमा अथ्र्याउनुभयो । ‘उखु किसानले मूल्य पाएका छैनन्, लाखौं युवा रोजगारी खोल्दै विदेशिनु परेको छ । गरीव जनताले समयमा औषधीसम्म पाएका छैनन्, त्यही देशको प्रधानमन्त्रीले हेलिकोप्टरमा गएर राजशीपाराले केक काटेर जन्म दिन मनाएका छन्, संग्रौलाले भन्नुभयो ।
संग्रौलाले पार्टीमा विभाग गठन धेरै ढिला भएको बताउनुभयो । ‘चार वर्षपछि विभाग गठन भयो । पहिला नै गरेको भए संगठनलाई उचाई पुर्याउन ठूलो योगदान पुग्थ्यो, संग्रौलाले भन्नुभयो ।


error: यो सुविधा उपलब्ध छैन !