खेलाडी दिदीबहिनीको माइनस ‘वार्मअप’
सन्तोष केसी (नेपालगञ्ज) – स्पर्धामा जानु अघि तयारी खेल खेल्ने चलन हुन्छ, यो अन्तर्राष्ट्रिय अभ्यास नै हो ।
नेपालगञ्जमा जारी पीएम कप अन्तर्राष्ट्रिय आमन्त्रित महिला भलिबल छैठौं संस्करणको दोस्रो दिनको खेल शुरु हुनु पूर्व कभर्ड हलमा वार्मअप चलिरहदा सटर (स्पाइकर) ले माइनस बल माग्दै विपक्षीलाई दबाव दिने अभ्यास गर्दै थिए । वार्मअपमा खेलाडीहरुले मज्जाले कुरा गर्दै बल मागि रहेका हुन्छन् ।
औपचारिक म्याचमा उति कुरा नगर्ने र खेल कला देखाइने भएपनि वार्मअपमा खेलाडीहरु एक आपसमा खेल्दै सल्लाह गरिरहेका थिए ।
नेपाल पुलिसका खेलाडीहरु आफ्नो अर्को खेलको तयारीमा वार्मअप गरिरहदा एक आपसमा दिदी बहिनीको गजबको हार्दिकका झल्किन्थ्यो ।
‘दि माइनस दिनुस् न’, खाली कभर्ड हलमा सटरले रेजरलाई भन्दै गर्दा बल पास गर्ने खेलाडीले ‘दे न दे’ भन्दै दबाव सिर्जना गर्ने प्रयास गरिन् ।
खेल जित्ने रणनीति मध्ये एक हो, विपक्षी टिममाथि दबाव सृजना गर्नु । औपचारिक खेलमा अभ्यास खेलमा तय गरिएका अनेकौं रणनीति प्रयोग गराउने जिम्मेदारी टिम कोचको काँधमा हुन्छ । पट्टिबललाई कसरी विपक्षीको भुँईमा खसाल्ने रणनीतिले खेललाई रोमाञ्चक मात्रै बनाउँदैन, खेल आफ्नो पक्षमा लैजान थप सहयोग मिल्छ ।
भलिबलमा सर्विस बलले नै स्टार्टअप दिने गर्छ । सेन्टरका दुई खेलाडीले सर्विस बल रिसिभ गरेको चालमा रेजर र सटर आफुलाई अनुकूलता बनाउन थाल्छन् ।
स्पर्धामा खेल्नु भन्दा पहिलेको यस्तो वार्मअपले खेलाडीको आत्मबल बढाउनुको साथै आफ्नो न्याचुरल खेल कौशलतालाई थप निखार्न ठूलो मद्दत मिल्ने विश्वास गरिन्छ ।
नेपालगञ्जमा जारी पीएम कप भलिबल खेलमा यो पटक खेल कौशलताका नयाँ अभ्यास देख्न सकिने खेल एक्सपर्टहरुको विश्वास छ ।