नेतृत्व विकास तथा उद्घोषण तालिम

नेपालगञ्ज – दुई दिने नेतृत्व विकास तथा उद्घोषण तालिम बिहीबारदेखि नेपालगञ्जमा शुरु भएको छ ।
बागेश्वरी टेलिभिजनको आयोजना तथा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्वर १३ को सहयोगमा वडामा रहेका युवाहरुलाई लक्षित गरि तालिम शुरु गरिएको हो ।
युवाहरुमा बोल्न सक्ने सीप र नेतृत्व गर्न सक्ने क्षमता अभिबृद्धिका लागि तालिम आयोजना गरिएको वडाअध्यक्ष बीरेन्द्रबहादुर शाहले बताउनुभयो । ‘आजका युवाहरु भोलीको नेतृत्वकर्ता हुन्, अध्यक्ष शाहले भन्नुभयो, ‘उनीहरुलाई बोल्ने कला र नेतृत्व लिन सक्ने सीप सिकाउन जरुरी देखिएकाले लक्षितवर्ग अन्तर्गतको बजेटबाट नेतृत्व विकास तथा उद्घोषण तालिम दिइएको हो ।’ उहाँले अर्को बर्ष पनि नेतृत्व विकासका लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाउनुभयो ।


बागेश्वरी टेलिभिजनका समाचार प्रमुख नरेन्द्र थापाको सभापतित्वमा भएको उद्घाटनसत्रमा वडा सदस्य पुष्पा भट्टराई, वडा सचिव मदन बहादुर रावत, वडास्तरीय जेष्ठ नागरिक समाजका सचिव गोविन्द्र प्रसाद घिमिरेलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । तालिमको प्रशिक्षकमा पत्रकार प्रियास्मृति ढकाल रहनुभएको छ । तालिममा २५ जना युवाहरुको सहभागिता रहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !