हक्की खेलाडीलाई बिदाई

नेपालगञ्ज – राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पोखरा जान लागेको हक्की टोलीलाई नेपालगञ्ज उपमहानगरपालिकाले शुभकामना सहित बिदाई गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणा र उपमेयर उमा थापामगरले महिला हक्की टोलीलाई बिहीबार उपमहानगरपालिका कार्यालयमा सफलताको शुभकामना सहित बिदाई गर्नुभएको हो ।
सो अवसरमा मेयर राणा र उपमेयर मगरले आगामी दिनमा हक्की खेलको नियमित प्रशिक्षणका लागि सहयोग गर्ने आश्वासन दिदै जितको शुभकामना दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !