घसियारनलाई सभाहल

नेपालगञ्ज – नेपालगञ्जको वडा नं. ८ को महेन्द्र पार्कको उत्तरतर्फ अपरान्ह जादा सडकछेउमा घाँस राखेर घसियारनहरु ग्राहक कुरिरहेको देखिन्छन् । एकै ठाउँमा दर्जनबढी घरहरु रहेका घसियारनहरु दिनभरी घाँस काटेर अपरान्हतिर बेच्छन् ।
घाँस बेच्न बस्नेमा प्रायः महिला देखिन्छन् । कतिपयले दुना, टपरी राखेर बसेका हुन्छन् । ती घसियारनहरुका लागि त्यहाँ एउटा मण्डी त पहिलेदेखि नै बनेको छ । घाँस राखेर बेच्नका लागि बनाइएको एउटा खुल्ला भवन ।
त्योसँगै नेपालगञ्ज उपमहानगरपालिकाले त्यहाँ सभाहल बनाइदिन थालेको छ । सभाहलसँगैको पेटीमा घरियारनलाई घाँस बिक्री गर्ने ठाउँ बनाइने छ । सभाहलमा घसियारनलगायत विपन्न समुदायको विवाहलगायत अन्य कार्यमा प्रयोग गर्ने वडाध्यक्ष सुरेन्द्र बैश्यले जानकारी दिनुभयो । त्यो सभाहलको बुधबार मेयर डा. धवलशमशेर राणाले शिलान्यास गर्नुभयो ।
५० लाख रुपैया खर्च लाग्ने अनुमान गरिएको सभाहलको काम यो वर्ष दश लाखबाट शुरु गरिएको छ । पहिलो चरणमा गेट र पर्खाल बनाउने वडाध्यक्ष बैश्यले बताउनुभयो ।
घसियारनको घरमा शौचालय छैन । उनीहरु नजिकको सार्वजनिक शौचालयमा जान्छन् । त्यसको व्यवस्था उपमहानगरपालिकाले गरेको छ । सभाहल बन्दा घसियारनलाई फाइदा नै हुने विश्वास गरिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !