५ नम्बरमा अब सुलभ कर्जाको ब्याजमा अनुदान

नेपालगञ्ज – ५ नम्बर प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले उद्योगी व्यवसायीलाई सुलभ कर्जाको ब्याजमा अनुदान दिने तयारी गरेको बताउनु भएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा, बाँकेको २४ औं साधारण सभा एवं १२ औं अधिवेशन र महिला उद्यमी समितिको ११ औं अधिवेशनको उद्घाटन गर्दै मन्त्री पौडेलले सुलभ कर्जाको ब्याजमा अनुदान दिने कार्यक्रमको मंगलबारदेखि नै शुभराम्भ हुने बताउनुभयो ।
मन्त्री पौडेलले कृषि, उद्योग र पर्यटनलाई आवधिक योजनामा प्राथमिकता दिएको बताउदै कृषि उत्पादनमा आधारित अनुदान दिने बताउनुभयो । उहाँले जति धेरै उत्पादन उति नै धेरै अनुदान दिइने बताउनुभयो ।
मन्त्री पौडेलले युवा लक्षित कार्यक्रमलाई प्रदेश सरकारले प्राथमिकता दिएको बताउनुभयो । ‘युवाजति बैदेशिक रोजगारमा जादा उनका बालबालिका, जेष्ठ नागरिक चिन्तित छन् । परिवार विखण्डन भइरहेको छ, मन्त्री पौडेलले भन्नुभयो, युवालाई प्राथमिकतामा राखेर प्रदेश सरकारले युवा लक्षित कार्यक्रम अघि बढाइरहेको छ ।’
महासंघका केन्द्रीय उपाध्यक्षद्वय पूर्णबहादुर भण्डारी, सूर्य कँडेल, जिल्ला अध्यक्ष समरबहादुर खत्री, नेकपाका नरेन्द्र न्यौपाने, बसन्ती अधिकारी, नेपाली कांग्रेसका माया पुन, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख उजीर न्यौपाने, जीवनाथ सापकोटा, हेमविक्रम जिसी, सुमित्रा चौधरीलगायतले लघु तथा घरेलु उद्योगको प्रवद्र्धन र विकासमा सरकारले विशेष प्याकेज ल्याउनु पर्नेमा जोड दिनुभयो । साधारण सभा तथा अधिवेशनमा पूर्वअध्यक्षलगायतलाई सम्मान गरिएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !