निवर्तमान अध्यक्ष नै महासंघको उम्मेदवार

नेपालगञ्ज – नेपालगञ्ज उद्योग वाणिज्य संघले चैत्रमा हुने नेपाल उद्योग बाणिज्य महासंघको निर्वाचनमा निवर्तमान अध्यक्ष नन्दलाल बैश्यलाई केन्द्रीय सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
संघमा निवर्तमान अध्यक्षलाई केन्द्रीय सदस्यको उम्मेदवारमा सिफारिस गर्ने परम्परा नै रहेको छ । अध्यक्ष अब्दुल वाहिद मन्सुरीको अध्यक्षमा सोमबार बसेको बैठकले परम्परालाई पछ्याउदै निवर्तमान अध्यक्ष बैश्यलाई महासंघको केन्द्रीय सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
बैठकले संरक्षकमा सबै अध्यक्षलाई राख्ने निर्णय गरेको प्रवक्ता टंक धामीले जानकारी दिनुभयो ।
पूर्व अध्यक्षको सल्लाह, सुझाव ग्रहण गर्दै अगाडी बढ्ने नवनिर्वाचित कार्यसमितिको भावना अनुसार सबै पूर्व अध्यक्षलाई संरक्षकमा राखिएको प्रवक्ता धामीले बताउनुभयो ।
बैठकले दुर्गाप्रसाद भण्डारी, ईश्वरप्रसाद पोख्रेल, कोषराज रेग्मी, मुरलीधर शर्मा, करिम खान, चम्पालाल बोथरा, मेघराज ओलीलाई सल्लाहकार मनोनित गरेको छ । त्यस्तै कानूनी सल्लाहकारमा टिकाजंग सिंह र प्रेस सल्लाहकारमा कमल डाँगीलाई नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता धामीले जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !