राप्तीसोनारीको छैठौं गाउँसभा शुरु

नेपालगञ्ज – राप्तीसोनारी गाउँपालिकाको छैठौं गाउँसभा आइतबारबाट शुरु भएको छ । गाउँसभाबाट विभिन्न नियम, कानुन पारित गर्नुका साथै बजेट संशोधन, नामाकरणलगायत निर्णय गर्ने बताइएको छ ।
सभामा गाउँपालिकाले तयार गरेको आधारभूत तथा माध्यामिक शिक्षा ऐन, शिक्षा नियमावली, स्थानीय तह सहकारी ऐन, विपद जोखिम न्युनिकरण तथा ब्यवस्थापन ऐन २०७५, गाउँपालिका कर्मचारी सेवा शर्त सम्बन्धी विनियमावली २०७३, भ्रमण खर्च नियमावली, नक्सा पास कार्यविधि २०७६, उपभोक्ता समिति सञ्चालन निर्देशिका, विज्ञापन कर निर्देशिका, लगायत ३१ वटा कानुनका विषयमा छलफल गरिएको छ । अध्यक्ष लाहुराम थारुले गाउँपालिकाको कार्यप्रगति, समीक्षा तथा भावी कार्यदिशालगायत विषयमा धारणा ब्यक्त गर्नु भएको थियो । गाउँपालिकाको समग्र विकासका लागि सबैले साथ दिनुपर्ने उहाँको भनाइ थियो ।
गाउँपालिकाले विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनलाई विशेष प्राथमिकता दिइरहेको बताउँदै अध्यक्ष थारुले समग्र क्षेत्रको विकासबाट नै राप्ती सोनारीलाई समृद्ध गाउँपालिका बनाउन सकिने धारणा ब्यक्त गर्नु भयो ।
प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतका अनुसार गाउँ सभाले विशेषगरी कानुन पारित गर्नेछ । ‘सभाले विशेषगरी कानुन पारित गर्छ, आवश्यकता अनुसार बजेटको विषयमा पनि हेरफेर गर्नेछ, उहाँले भन्नुभयो ।
सभामा विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य तथा वडा सदस्य गाउँपालिकाको विभिन्न विषयमा आफ्नो धारणा राख्नु भएको थियो । सभामा बोल्ने अधिकांश सदस्यले बिद्युत, कृषि, खानेपानी, स्वास्थ्य, शिक्षा लगायत क्षेत्रको विकासका विषयमा धारणा राख्नुभयो । सदस्यहरुले पुर्वाधार निर्माणको काम समयमै बन्नुपर्ने, गाउँपालिकाको सिमांकन, नदी खोलामा सञ्चालन गर्ने ठेक्का प्रक्रिया, गाउँपालिकाको नीति नियम लगायत विषयमा धारणा राख्नु भएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !