बयर खान गएकी बालिकालाई जबरजस्ती

 

नेपालगञ्ज – कोहलपुरमा १२ वर्षकी बालिकालाई जबरजस्ती गरिएको छ ।
बयर खाना जंगल गएकी बालिकालाई स्थानीय ३० वर्षीय युवकले जबरजस्ती गरेको प्रहरीमा उजुरी परेको छ । इलाका प्रहरी कार्यालय, कोहलपुरका अनुसार, युवकविरुद्धमा मुद्दा दर्ता भइसकेको छ । उनी फरार छन् । खोजी कार्य भइरहेको छ ।
अरु साथीसँग रहेकी बालिकालाई घर फर्किने क्रममा युवकले जबरजस्ती गरेको बुझिएको छ । युवक चिनेकै व्यक्ति हुन् ।
बाँकेमा भएका जबरजस्ती करणीका घटनाहरु प्रायः चिनेजानेका व्यक्ति वा आफन्तीबाटै भएका पाइएको छ । कोहलपुरको घटना शनिबारको हो ।


error: यो सुविधा उपलब्ध छैन !