सनसनीपूर्ण कुरा गरेका दयालु समातिए

नेपालगञ्ज – हामी नेपाली, हाम्रो नेपाल नामक पार्टीको पूर्वअध्यक्ष बताउने प्रदीप वली ‘दयालु’लाई प्रहरीले पक्राउ गरेको छ ।
१५ महिना अघि नेपालगञ्जको पुष्पलालचोकमा बम राख्दा पक्राउ परेका दयालुले जेलबाट छुटेको तीन दिनपछि नै नेपालगञ्जमा पत्रकार सम्मेलन गरेर शंकास्पद कुरा गरेका थिए । पार्टीसँग देशभरमा १२ हजार कमाण्डो गु्रप रहेको र त्यसमध्येमा बाँके तथा बर्दियामा पाँच सय कमाण्डो ग्रुप रहेको खुलेयाम पत्रकार सम्मेलनमा बताएका दयालुलाई बाँके प्रहरीले पक्राउ गरेको हो ।
बाँके प्रहरी प्रवक्ता डीएसपी शिवबहादुर सिंहले प्रदीपलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !