बाँकेमा पाँच सय कमाण्डो !

नेपालगञ्ज – २०७५ कात्तिक २९ गते नेपालगञ्जको पुष्पलालचोकमा बम फेला पर्यो । चोकमा बम देखिएपछि दौडादौड भयो । बम राख्ने व्यक्तिले नै प्रहरीलाई फोन गरेर खबर गरे । प्रहरीले यसलाई होटलबाट पक्राउ ग¥यो ।
ती व्यक्ति थिए, हामी नेपाली, हाम्रो नेपाल नामक पार्टीका अध्यक्ष प्रदीप वली ‘दयालु’ । नाम दयालु काम चाहि बम राख्ने, धेरैले आश्चार्य माने । डबल डिग्री गरेको बताउने यी जाजरकोटी फाल्गुन ८ गते १५ महिनापछि जेलबाट छुटेका छन् ।
नेपालगञ्जको कारकादोस्थित एक होटलमा बसेका दयालुले आइतबार पत्रकार सम्मेलन गर्नुभयो । त्यसक्रममा दयालुले पार्टीको गतिविधि, उद्देश्य सबै खुलाउनुभयो । दयालुका अनुसार, देशभरमा १२ हजार कमाण्डो गु्रप छ । त्यसमध्येमा पाँच सय कमाण्डो बाँके र बर्दियामा छन् । त्यसको नेतृत्व क्याप्टेन तुफान थापाले गर्नु भएको छ ।
हामी नेपाली, हाम्रो नेपाल नामक पार्टीले भष्टाचार विरोधी, दलाल पूँजीपतिको सम्पति छानबिन गर्ने दयालुले जानकारी दिनुभयो । कमाण्डोले के गर्छ ? दयालुले पत्रकार सम्मेलनमा भन्नुभयो, भ्रष्टाचार, अनियमितता, कालोबजारी, भारतीयको ज्यादतिविरुद्ध बोल्छ ।
अझ रोचक त पत्रकार सम्मेलनमा बोलाउदा हिमानी शाह आउनु हुन्छ भनेर खबर गरियो । विभिन्न सामाजिक कार्यमा लागेकाले पूर्व युवराज्ञी हुन सक्ने धेरैले आकलन गरे । पत्रकार सम्मेलनमा पुगेपछि थाहा भयो, हिमानी शाह भनेको त हामी नेपाली, हाम्रो नेपाल नामक पार्टीको बाँके अध्यक्ष हुनो हुदोरहेछ, अर्कै हिमानी शाह ।
पार्टीले संघीयता खारेजीको मुद्दालाई जोडले उठान गरेको छ । बाँके र बर्दियालाई कर्णालीमा गाभ्ने कुरामा सहमति जनाएको छ ।


error: यो सुविधा उपलब्ध छैन !