मेयर कपमा गोरखाको ह्याट्रिक

कोहलपुर – बाँकेको कोहलपुरमा सम्पन्न भएको तेस्रो अन्तर मावि मेयर कप रनिङ शिल्ड खेलकुद प्रतियोगितामा गोरखा युनाइटेड पब्लिक स्कुलले ह्याट्रिक गरेको छ ।
कोहलपुर नगरपालिकाको आयोजना तथा कृष्ण माध्यमिक विद्यालयको व्यवस्थापनमा फागुन २ गतेदेखि शुरु भएको प्रतियोगितामा उपाधि गोरखा स्कुलले जितेको हो ।
गोरखाले २०७४, २०७५ र २०७६ को मेयर कपको उपाधि जितेर शिल्ड नै कब्जा गरेको छ ।
प्रतियोगितामा त्रिभुवन मावि कोहलपुर द्वितीय र लक्ष्मी मावि तृतीय भएको छ ।
प्रतियोगितामा कोहलपुर क्षेत्रका संस्थागत र सामुदायिक विद्यालयका ३४ वटा विद्यालयको सहभागिता रहेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !