नागरिक र सेवाप्रदायक निकायबीच खुल्ला बहस

डुडुवा – डुडुवा गाउँपालिकामा न्याय र सुरक्षा सम्वन्धी समुदाय र सेवा प्रदायकविच नागरिक सुनुवाई गरिएको छ । स्थानीयस्तरमा प्रवाह हुने लैंगिक हिंसा सम्वन्धी घटना, न्याय, तथा सुरक्षा तथा न्याय प्रवाहका विषयमा नागरिक र सेवाप्रदायक निकायविच खुल्ला बहस भएको हो ।
स्थानीय समुदायमा लैंगिक हिंंसासँग सम्बन्धित घटना, प्रहरी उजुरी, स्थानीय तह अन्तर्गत न्यायिक समितिमा दर्ता हुने विवाद, अदालतमा जाने विभिन्न प्रकृतिका मुद्दा, तथा स्थानीय तहबाट प्रवाह हुने विभिन्न सेवासँग सम्वन्धित जन्मदर्ता, नागरिकता सिफारिस जस्ता विभिन्न विषयमा स्थानीयले आ–आफनो समस्या तथा जिज्ञासा राखेका थिए । गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, जिल्ला अदालतका शाखा अधिकृत बीरबहादुर बोहरा, जिल्ला सरकारी वकिल कार्यालय नासु रमा अर्याल, वडाध्यक्ष भण्डारीलाल यादव, कम्दी इलाका प्रहरी कार्यालयका इन्चार्ज जंगबहादुर खत्री, न्यायिक समितिका सदस्य रिता परियार, कार्यपालिका सदस्य तथा लैंिगक हिंसा निगरानी समूहका संयोजक लिलावती यादव, गाउँपालिकाअन्तर्गत महिला तथा बालबालिका शाखाका सुनिता थापालगायतले सेवाग्राहीले सोधेका प्रश्नको उत्तर दिनु भएको थियो भने आएका सवालमाथी कार्यन्वयनका लागि प्रतिबद्धता गरेका थिए ।


error: यो सुविधा उपलब्ध छैन !