मतदानबाट पदाधिकारी छनौट

नेपालगञ्ज – नेपालगञ्ज उद्योग बाणिज्य संघमा आन्तरिक मतदान गरेर पदाधिकारी चयन गरिएको छ ।
संघको बैठकमा सदस्यबाट महासचिव, उपमहासचिव र कोषाध्यक्ष मतदानबाट टुंगो लगाइएको हो । जस अनुसार चिरञ्जीवी ओली महासचिव हुनु भएको छ । भीम रानाभाट र ओलीको महासचिवमा प्रतिस्पर्धा भएको थियो ।
त्यस्तै, उपमहासचिवमा धर्मराज अर्याल र कोषाध्यक्षमा हरिलाल न्यौपाने चयन हुनु भएको छ । अर्यालसँग टेकबहादुर खड्का र न्यौपानेसँग टंकप्रसाद शर्माको प्रतिस्पर्धा थियो । दुई महिला सदस्यमा पार्वता आचार्य र उषा थापा भण्डारी चयन हुनु भएको छ । वरिष्ठ सदस्यमा बसन्त लामिछाने चयन हुनु भएको छ । दुई जना सदस्य अध्यक्ष अब्दुल वाहिद मन्सुरीले चयन गर्न बाँकी रहेको छ । बैठकबाट प्रथम उपाध्यक्षमा आदेश अग्रवाल चयन हुनु भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !