फाल्गुनमा क्यान इन्फोटेक

नेपालगञ्ज – नेपालगञ्जमा क्यान इन्फोटेकको तयारी गरिएको छ ।
कम्युटर एशोसिएसन नेपाल महासंघ, बाँकेले फाल्गुन २० देखि २४ गतेसम्म नेपालगञ्जमा इन्फोटेक सञ्चालनको तयारी गरेको हो । सो बारेमा मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी दिइएको छ ।
इन्फोटेकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागिता रहने छ । प्रदर्शनीले नेपाली सूचना तथा प्रविधि क्षेत्रको समुन्नत विकासमा सहयोग पु¥याउने क्यान बाँकेका अध्यक्ष रमणीप्रसाद शर्माले बताउनुभयो ।
चौथो संस्करणको क्यान इन्फोटेकमा अत्याधुनिक सेकुरिटी टेक्नोलोजी, रोबर्टिज वर्कशप र टुर्नामेन्ट, नेपाली वैज्ञानिकहरुद्वारा निर्मित रोबर्ट÷ड्रोन, आइटी ह्याक्थुन कम्पीटिसन र सूचना प्रविधि तथा विद्युतीय वित्तीय साक्षारता विषयमा अभिमुखीकरण÷सेमिनार आकर्षणकोे विषय हुने अध्यक्ष शर्माले जानकारी दिनुभयो ।
इन्फोटेकमा ३० रुपैया टिकट राखिएको छ । विद्यार्थीलाई २० रुपैया कायम गरिएको छ । ९७ वटा प्रदर्शनी स्टल रहनेछन् ।
क्यान प्रदेश ५ का अध्यक्ष रोशन कँडेलले यो इभेन्टलाई ठूलो पर्वको रुपमा लिएर सफलतापूर्वक सम्पन्न गर्नुपर्ने बताउनुभयो । उहाँले नाचगानका महोत्सवमा भन्दा पढ्ने र पढाउने यसप्रकारको प्रदर्शनीमा अवलोकनकर्ताको उपस्थिति अलि कम हुने गरेको भन्दै पढाउन र प्रविधि देखाउन आफ्ना छोराछोरीलाई ल्याइ दिन आग्रह गर्नुभयो ।
क्यान बाँकेले ३० लाखको खर्चमा प्रदर्शनी आयोजना गर्न थालेको जनाएको छ । पत्रकार सम्मेलनमा क्यानका पूर्वअध्यक्षहरु सञ्जय थापा, सूर्यप्रकाश श्रेष्ठ, भुपाल गिरी, भोजराज तिमिल्सेना, उपाध्यक्ष शिशिरनारायण श्रेष्ठलगायतको उपस्थिति थियो ।


error: यो सुविधा उपलब्ध छैन !