व्यापार संघमा को–को होलान् पदाधिकारी ?

नेपालगञ्ज – नेपालगञ्ज उद्योग बाणिज्य संघमा निर्वाचित भएकाहरुले शपथ ग्रहण गरिसके । निर्वाचित सदस्यहरुलाई पदाधिकारी बन्न पाए हुन्थ्यो भन्ने लागि रहेको छ ।
मंगलबार (आज) एक बजे संघको बैठक बस्दैछ । बैठकले कसलाई महासचिव, उपमहासचिव, कोषाध्यक्ष र प्रवक्ता छान्ला चासोको विषय बनेको छ । पदाधिकारी बन्न सदस्यहरुको लबिङ आफ्नै ठाउँमा होला । समावेशी प्यानलका संस्थापक दामोदर आचार्य र कृष्णप्रसाद श्रेष्ठलगायत निर्वाचन मण्डलमा रहेकाहरुले क–कसलाई पदाधिकारीमा अगाडि सार्छन् हेर्न बाँकी नै छ ।
सदस्यबाट नै महासचिव, उपमहासचिव, कोषाध्यक्ष र प्रवक्ता तोकिन्छ । टंक धामी, चिरञ्जीवी ओली, हरिलाल न्यौपाने, भीम रानाभाट, श्यामसुन्दर अधिकारी, बासु भण्डारी र धर्म अर्यालको सशक्त दाबेदारी रहदा महिला सदस्य मन्दिरा पाण्डेको संभावना त्यतिकै बलियो रहेको छ ।
अर्को समूहबाट जितेर आएकालाई मिलाएर लैजानु पर्ने एकथरीको आवाजलाई ध्यान दिने हो भने एक पदाधिकारी उनीहरुलाई दिनु पर्ने हुन सक्छ । जडीबुटीमा लामो समयदेखि पदाधिकारी भएर बसेका टंक शर्मा, विष्णु श्रेष्ठ, टेकबहादुर खड्का र विन्दु चर्तिमगर पनि छन् ।
बैठकले पाँच जना सदस्य मनोनित गर्दैछ । दुई÷दुई जना महिला र पुरुष तथा एकजना वरिष्ठ सदस्य मनोनित हुँदैछन् । दुई महिला र एक वरिष्ठ सदस्य कार्य समितिले मनोनित गर्दैछ भने दुई जना पुरुष सदस्य अध्यक्षले चुन्छन् । यी पाँच जनामा को–को पर्लान् चासो बढेको छ ।


error: यो सुविधा उपलब्ध छैन !