ब्रिटिस स्कूलको वार्षिकोत्सव
नेपालगञ्ज – ब्रिटिस इंग्लिस बोर्डिङ स्कुल, नेपालगञ्जले शुक्रबार १४ औं वार्षिकोत्सव तथा अभिभावक भेला गरेको छ ।
नेपालगञ्ज–१९, शान्तिनगरमा रहेको स्कूलको वार्षिकोत्सवमा नगर शिक्षा अधिकारी गोर्ख थापाले शिक्षासँगै सिर्जनशीलता, मौलिक कला र कौशलतालाई महत्व दिएर विद्यालयले राम्रो काम गरेको बताउनुभयो । उहाँले ब्रिटिस स्कूलले गुणस्तरीय शिक्षा दिइरहेको र आगामी दिनमा अझ राम्रो होस् भन्ने शुभकामना दिनुभयो ।
पत्रकार महासंघ, बाँकेका अध्यक्ष ठाकुरसिंह थारुले विद्यार्थीलाई पढाईका साथै ब्यबहारिक ज्ञानमा जोड दिन सुझाव दिदै ब्रिटिसले छोटो समयमा राम्रो प्रगति गरेको बताउनुभयो । विद्यालयका प्रिन्सिपल हेमन्तराज काफ्लेले पढाईसँगै अतिरिक्त क्रियाकलाप गरेर विद्यार्थीलाई व्यवहारिक ज्ञान दिदै पढाउने गरिएको बताउनुभयो ।
विद्यालय सञ्चालक समिति अध्यक्ष निरज शाहको सभापतित्व भएको कार्यक्रममा गोर्खा फाईनान्स नेपालगञ्जका व्यवस्थापक गिरिधर शाही, धम्बोझी माविका सहायक प्रधानाध्यापक पूर्ण बहादुर शाही, बृटिस स्कुलका संस्थापक बिमल प्रधान र बिजय श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
सो अवसरमा विद्यालयको विभिन्न प्रतियोगिताका विजेता छात्रछात्रालाई पुरस्कार वितरण गरिएको थियो भने विद्यार्थीले मनोरञ्जनात्मक र जनचेतनामूलक कार्यक्रम प्रस्तुत गरेका थिए ।