स्कूलमा वृक्षारोपण

नेपालगञ्ज – बाँकेको जानकी गाउँपालिका वडा नम्बर ३ जोगागाउँस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा शुक्रबार वृक्षारोपण गरिएको छ ।
विद्यालयको वातावरण तथा स्वच्छतालाई प्रवद्र्धन गर्न विद्यालय हाताभित्र बृक्षारोपण गरिएको हो । विद्यालयमा रहेको बाल क्लब तथा महिनावारी स्वच्छता व्यवस्थापन समूहको अगुवाईमा विद्यालय हाताभित्र अशोकका १० वटा बिरुवा रोपिएको शिक्षक निरज मिश्राले जानकारी दिनुभयो ।
बृक्षारोपणलाई सुरक्षित बनाउन गेरुवाले ट्रि–गार्ड (ठूलो गमला) सहयोग गरेको छ । विद्यालयमा सञ्चालित विद्यालय खानेपानी, सरसफाई तथा स्वच्छता कार्यक्रममार्फत शिक्षक, क्लब तथा समूहले सक्रियता बढाएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !