‘मन्दिरको जग्गा व्यक्तिकोमा गएको हो वा पुर्ख्यौली हो जाँच हुन बाँकी’

नेपालगञ्ज – बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समिति, नेपालगञ्जले बागेश्वरीको सम्पति संरक्षण र सम्वद्र्धन गर्ने गराउनु समितिको कर्तब्य भएको बताएको छ ।
समितिका सचिव गोपालप्रसाद अधिकारीले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘बागेश्वरी मन्दिरको सम्पति संरक्षण र सम्वद्र्धन गर्ने गराउनु समितिको कर्तब्य भएको, कोही कसैको निजी सम्पति सरकारीकरण एवं सार्वजनिकीकरण गर्ने गराउने उद्देश्य एवं क्षेत्राधिकार समितिको नरहेको जानकारीका लागि अनुरोध गर्दछौं ।’


समितिले बागेश्वरी मन्दिरको कुनै जग्गा गैरकानूनी रुपमा व्यक्ति विशेषको नाममा गएको हो वा व्यक्तिको नाममा दर्ता कायम भएको जग्गा व्यक्ति विशेषकै पुर्ख्यौली वा निजी के हो भन्ने सम्बन्धमा जाँच गर्न बाँकी रहेको जनाएको छ ।
सरकारले गठन गरेको सरकारी, सार्वजनिक, गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन अनुसार सरकारले गरेको निर्णयलाई लिएर बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष एवं नेपालगञ्जका मेयर डा. धवलशमशेर राणालाई लक्षित गरेर अशोभनीय, भ्रामक एवं आक्रोशपूर्ण अभिव्यक्ति दिने गरेको कार्यप्रति समितिको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।


error: यो सुविधा उपलब्ध छैन !