बसपार्कमा मृत भेटिएका को हुन ?
नेपालगञ्ज – बाँकेको कोहलपुर बसपार्कमा एकजना ढलिरहेका थिए । प्रहरीले देख्यो । एम्बुलेन्स बोलाएर मेडिकल कलेजमा पुर्यायो । चिकित्सकले हेर्ने बित्तिकै मृत घोषणा गरिदिए ।
अस्पताल पु¥याउनु अघि नै उनको मृत्यु भइसकेको हुन सक्छ । उनको साथमा एउटा झोला थियो । मोबाइल पनि छ । मोबाइल खुल्दैन । एउटा कार्ड पनि भेटिएको छ । त्यसमा दिलिप राना नाम लेखिएको छ । त्यो कार्ड उनकै हो कि अर्कोको हो पत्ता लाग्न सकेको छैन ।
बसपार्क आसपासका स्थानीयले उनी त्यहाँ देखिरहने व्यक्ति हुन् । झोलामा औषधीका पर्चाहरु छन् । बसपार्कतिर डुलिरहने, बिरामी व्यक्ति हुन सक्ने आकलन गरिएको छ । गएराती उनी बसपार्कमा ढल्न पुगे । मुखबाट हल्का फिज निस्केको थियो ।
इलाका प्रहरी कार्यालय, कोहलपुरले मृतकको आफन्तको खोजी गरिरहेको छ । दाङतिरको मान्छे हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।